३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम घडीसम्म मिलाउने कोसिस गरिरहेका छौँः कार्यवाहक सभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बुधबारको बैठकबाट केही न केही निर्णयमा पुग्ने बताएका छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाए केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने उनको भनाइ छ।

खड्काले संस्थापन पक्ष अन्तिम समयसम्म पार्टी एकता जोगाउन प्रयासरत रहेको बताए। विशेष महाधिवेशनबाट नेतृत्व चयन अगाडि बढेमा पार्टी विभाजनतिर जान सक्ने चिन्ता व्यक्त गर्दै प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी फुट्न नहुने उनको जोड थियो।

केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजेका लागि बोलाइए पनि सारेर दिउँसो १ बजेका लागि तय गरिएको छ। सानेपास्थित पार्टी कार्यालयमा बैठकका लागि ठूलो भीड र सुरक्षा व्यवस्था बढाइएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी महामन्त्रीद्वयको रहेको छ।