२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाशको प्रश्नः कुन बुँदा कांग्रेस र देशको अहितमा छ ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसबाट कारवाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देश सुधार्ने प्रयासमा आफू र गगनकुमार थापा दृढ रहेको बताएका छन्।

शर्माले सामाजिक संजालमार्फत विधानअनुसारको विशेष महाधिवेशनले देश र पार्टीलाई सहि दृष्टिकोण दिएको उल्लेख गरेका छन्।

उनले सहमतिका लागि प्रस्तावित ८ बुँदा सार्वजनिक गर्दै प्रश्न समेत उठाएका छन् कि कुन बुँदा कांग्रेस र देशको अहितमा परेको वा परेको छ ?

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?

१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने

२) बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने 

३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने

४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने

५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने

६) कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने 

७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने 

८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने  जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने 

मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !