२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय पुँजीलाई लगानीमा रूपान्तरण गर्न आवश्यक-चन्द्रप्रसाद ढकाल



अ+ अ-

बेनी। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानीको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यमविकास समितिको आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको ‘११औँ माघे सङ्क्रान्ती मेला’, खाना महोत्सव एवं कृषि मेलाको उद्घाटन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, “‘हामीले घरेलु पुँजीकै उपयोगबाट धेरै ठूला आयोजना सम्पन्न गर्न सक्छाँै, त्यसका लागि मुख्यगरी सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण जरुरी हुन्छ ।’’

पर्यटन, जलविद्युत्, खानी, लघुउद्यमलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै उहाँले म्याग्दीका उद्यमी व्यवसायीले सामूहिक रूपमा उद्यमशील योजना अघि बढाएमा आफूलेसमेत लगानी गर्न तयार रहेको बताउनुभयो ।

मेला महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पु¥याउन र प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

माघ ३ गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता सञ्चालन हुने महिला उद्यमविकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो  । रासस