काठमाडौँ । स्वस्थ जीवनशैलीको सुरुवात विहानबाटै हुन्छ । विज्ञहरूका अनुसार बिहानको सही बानीले दिनभर ऊर्जा प्रदान गर्नुका साथै दीर्घकालीन स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । आज हामी बिहान अपनाउन सकिने केही उपयोगी स्वास्थ्य टिप्स प्रस्तुत गर्दैछौँ ।
चाँडो उठ्ने बानी बसालौँ
बिहान चाँडो उठ्दा शरीरको जैविक घडी सन्तुलित रहन्छ । यसले मानसिक शान्ति, राम्रो एकाग्रता र दिनभर सक्रिय रहन सहयोग पुर्याउँछ ।
खाली पेट मनतातो पानी पिउनु
बिहान उठ्नेबित्तिकै एक–दुई गिलास मनतातो पानी पिउँदा पाचन प्रणाली सक्रिय हुन्छ । यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
योग, ध्यान वा हल्का व्यायाम
१०–३० मिनेट योग, ध्यान वा हल्का दौडरहिँडाइले रक्तसञ्चार सुधार्नुका साथै तनाव कम गर्छ । नियमित अभ्यासले मुटु र मांसपेशीलाई पनि स्वस्थ राख्छ ।
पौष्टिक नास्ता अनिवार्य
बिहानको नास्ता छोड्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । फलफूल, अन्न, अण्डा, दूध वा दलियाजस्ता पौष्टिक आहारले शरीरलाई आवश्यक ऊर्जा दिन्छ ।
मोबाइलबाट टाढा रहनु
बिहान उठ्नेबित्तिकै मोबाइल चलाउँदा मानसिक तनाव बढ्न सक्छ । सकेसम्म केही समय डिजिटल उपकरणबाट टाढा रहेर सकारात्मक सोचका साथ दिन सुरु गर्न विज्ञहरूको सुझाव छ ।
पर्याप्त निद्रा सुनिश्चित
स्वस्थ बिहानका लागि अघिल्लो रातको निद्रा उत्तिकै महत्त्वपूर्ण हुन्छ । दैनिक ७–८ घण्टा गुणस्तरीय निद्राले शरीर र दिमाग दुवैलाई स्वस्थ राख्छ ।












