२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आफ्ना’लाई ल्याउन खोज्दा ४ सहसचिव कामविहीन



अ+ अ-

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका कारण चार सहसचिवको पदस्थापना रोकिएको छ । १४ वर्षपछि बल्ल सहसचिवमा बढुवा भएका सहसचिव राष्ट्रिय परीक्षा बोर्डको मुख्यालय धाउँदै हैरान भएका छन् ।

सदस्यसचिव अर्यालले प्रशासन महाशाखामा आफ्नो मान्छेलाई पदस्थापन गर्न नपाएको झोंकमा सबै सहसचिवपाई पेन्डुलम बनाउनुभएको छ । रमाकान्त तिवारी, जयन्ती सत्याल, कृष्णप्रसाद शर्मा र भाष्करदत्त पन्त पुस १४ गते सहसचिवमा बढुवा भई सबैले पुस १५ मा पत्र बुझेका थिए ।

‘बोर्डका उपाध्यक्ष एवं शिक्षासचिव चूडामणि पौडेलले बढुवा भएका सहसचिवलाई पदस्थापना गर्न निर्देशन दिएको १० दिन नाघिसकेको छ । सदस्य सचिव अर्यालले भोलि पत्र बनाएर ल्याउँछु भनेर पटकपटक भन्नुभएको तर हालसम्म पदस्थापन नगरेको स्रोतले बताएको छ । एक–दुई दिनको कार्यक्रमका लागि पोखरा पुगेका सदस्य सचिवअर्याल ४ दिन उतै हुनुहन्छ । उहाँकै कारण सबैको पदस्थापना रोकिएको छ ।

मन्त्रालयस्रोतका अनुसार सचिव एवं बोर्डका उपाध्यक्ष पौडेलले पटकपटक निर्देशन दिँदा पनि सदस्यसचिव अर्यालले अटेर गर्नुभएको छ । उहाँले अहिले पनि आफूनिकटलाई प्रशासन महाशाखा बनाउन जोडबल गरिरहनुभएको छ ।

स्रोतमाअनुसार अर्यालले सहसचिव रमाकान्त तिवारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिन खोज्नुभएको छ । उपाध्यक्ष पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरी तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले नसिहत दिएका तिवारीलाई प्रशासन महाशाखाजस्तो जिम्मेवार निकायमा नराख्न निर्देशन दिनुभएको थियो ।

‘सहसचिव तिवारीका कारण अन्य महाशाखामा पनि नियुक्ति हुन सकेको छैन, बोर्डका उपाध्यक्षले निर्देशन दिँदा पनि सदस्यसचिव अर्यालले अटेर गरिरहनुभएको छ’ –बोर्डका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । यस विषयमा जानकारी लिन सदस्यसचिव अर्याललाई पटकपटक मोबाइल गर्दा सम्पर्कमा आउन चाहनुभएन ।

तिवारीलाई उत्तरपुस्तिकामा अनियमितता गरेको प्रमाणित भएपछि २०६९ साउन १४ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले नसिहत दिएको थियो । परिषद्ले २०६७ सालमा सञ्चालित कक्षा ११ र १२ को परीक्षाका लागि छपाइएका उत्तरपुस्तिकामा अनियमितता गरेको उजुरी परेको थियो । छपाइ भइआएका उत्तरपुस्तिकाहरूको गुणस्तर परीक्षण, गणना तथा उचित भण्डारणका साथै वितरणको मुख्य जिम्मेवारी तिवारीले पाउनुभएको थियो । उहाँले छपाइ भइआएका उत्तरपुस्तिकाहरू गणना नै नगरी भरपाई गरी बुझिलिनुभएको थियो । तत्कालीन सदस्य सचिव भीमलाल गुरुङको कार्यकालमा तिवारीलाई नसिहतको पत्र दिएको थियो ।

बोर्डका उपाध्यक्ष पौडेलले नसिहत दिएका कर्मचारीलाई प्रशासन महाशाखा प्रमुख नबनाउन आग्रह गर्नुभएको थियो । तर, सदस्य सचिव अर्यालले सिनियर भएको आधारमा तिवारीलाई नै प्रशासन महाशाखाको जिम्मेवारी दिनुपर्ने अडान दोहो¥याउनुभएको छ । ‘पत्र हस्ताक्षर गर्न बोर्डबाट पटकपटक मन्त्रालय जानुहुन्छ, त्यहीँ सिनियारिटीको कुरा गर्दै फर्कने गर्नुभएको छ’ –स्रोतले भन्यो ।

‘बोर्डमा प्रशासन, योजना तथा अनुगमन, परीक्षा नियन्त्रण र अनुसन्धान तथा शासकीय सुधार गरी चार महाशाखा छन् । सबै महाशाखा उत्तिकै महत्वपूर्ण छ, सदस्यसचिव अर्याललाई किन प्रशासनमै बढी चासो बढिरहेको छ ? अचम्म भएको छ’ –बोर्डका एक कर्मचारीले भने । सदस्य सचिव अर्यालकै कारण चार महाशाखाबाट हुने सबै काम ठप्प छ । बोर्डमा ४ महाशाखा छन्, सबै खाली छ कहिले पदस्थापना हुने थाहै छैन ।

तिवारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिने तयारी गरिरहँदा आयोगमा अर्को उजुरी परेको छ । बोर्डले चार महाशाखाबाहेक महत्वपूर्ण मानिएको वागमती प्रदेश कार्यालय (काठमाडौं) कार्यालयमा समेत सहसचिवको पदस्थापन गर्नुपर्नेछ । ‘जसलाई जुन महाशाखामा पदस्थापन गरे पनि हुन्छ नि रु किन एउटा महाशाखाको कारण सबै सहसचिवलाई बरण्डामा बास बसाएको होला ?’ –कर्मचारीहरूको आरोप छ ।

कक्षा १० र १२ को परीक्षाको मिति आउनै लाग्दा सहसचिवको पदस्थापन नगरी बस्नु समस्या देखिएको छ । उपाध्यक्ष एवं शिक्षा सचिवले समेत पटकपटक सहजीकरण गरी निर्देशन दिँदासमेत सदस्य सचिवले अटेर गर्नुले बोर्डमा हल्लीखल्ली मच्चिएको छ । कर्मचारीले भन्ने गरेका छन्– ‘शिक्षा सचिवको निर्देशनसमेत नमान्ने सदस्य सचिवले कसको निर्देशन कुर्नुभएको होला ?’ नेपाल समाचारपत्र




भर्खरै