२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा



अ+ अ-

काठमाडौँ । काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताउनु भयो । उहाँले माघ ४ गतेपछि आफ्नो अगामी यात्राको बारेमा जानकारी गराउने बताउनु भयो । सबैसँग सल्लाह गरेर नै अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘माघ ४ गतेदेखि लागू हुनेगरी मैले आफ्नो महानगर प्रहरी प्रमुख पदबाट रानीनामा दिएको छु । हामीले काठमाडौं क्षेत्रमा विपद्को बेलामा काम गरेका थियौँ । त्यस्तै सडक पेटीका अतिक्रमण, सार्वजनिक जग्गाको सयौं विगा जग्गा महानगर प्रहरीले सरकारको स्वामित्वमा ल्याएको छ । शहरी सुशासनको काममा हामीले निर्मम तरिकाले काम गर्यौंं । शहरी सुशासनको लागि नागरिक पनि अनुशासित हुनुपर्छ भन्ने किसिमले हामीले बुझाउने काम पनि ग¥यौैं । यो साढे ३ वर्षको अवधिमा हामीले नागरिकलाई सचेत गराउने हिसावले धेरै कार्यक्रम समेत सञ्चालन ग¥यौं ।’

उहाँले काठमाडौं महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।