२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको मान्यता गगन समूहलाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता नवनिर्वाचित सभापति गगन थापालाई दिइएको छ ।

निर्वाचन आयोगमा नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष र हालै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहले आधिकारिकता सम्बन्धी दाबी गरेका थिए ।

आयोग स्रोतले न्यूजपोलारलाई दिएको जानकारी अनुसार तीन आयुक्त मध्ये दुई आयुक्त बिशेष महाधिबेशनबाट निर्वाचित पक्षलाई बैधानिकता दिनु पर्ने पक्षमा रहेको र एक आयुक्त शेरबहादुर देउवा सभापति रहेको सस्थापन पक्षलाई मान्यता दिनु पर्ने पक्षमा रहेका थिए ।

सो दाबीमाथिको आजै भएको दुवै तर्फको बहस र पैरवीपछि निर्वाचन अयोगले गगन समूहलाई मान्यता दिने निर्णय सुनाएको हो ।

देउवा पक्षले आजै मात्र आयोगमा पुगेर आफ्ना तर्फको दाबी पेश गर्नुका साथै पहिला विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका भनिएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिमध्ये ८८७ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको जनाएको थियो ।

तर, त्यो सत्य नभएको दाबी गगन समूहले गरेको थियो । निर्वाचन आयोगले आजै दुवै तर्फका अधिवक्ताको तर्क सुनेर आजै गगन समूहलाई मान्यता दिइएको निर्णय सुनाएको हो ।