२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल



अ+ अ-

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज आयोगको कार्यालय, बहादुर भवनमा छलफल गर्नुभएको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराउनुभयो ।

उहाँले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको बताउनुभयो । आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदैछ । भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिनुभयो ।

गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताउनुभयो । उहाँले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट गर्नुभयो ।

आयोगका सचिब कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिनुभयो ।रासस




भर्खरै