२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी



अ+ अ-

दाङ। तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गर्नुभएको छ।

स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिनुभयो । “खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

हाल बजारमा रु ९५ प्रतिलिटर दूध बिक्री हुने शर्माले बताउनुभयो । उहाँका अनुसार दूधलाई बजारीकरण गर्न समस्या नभए पनि सरकारले ध्यान भने दिनुपर्नेमा अवस्था छ । “अहिले बजारमा दूध बेच्नलाई समस्या छैन”, उहाँले भन्नुभयो, “तर वास्तविक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्, यसमा सरकारले ध्यान दिनुपर्छ ।” उहाँले विसं २०७७ देखि गाई र भैँसीपालन सुरु गर्नुभएको हो । हाल नौ वटा गाई र पाँच वटा भैँसीले नियमित दूध दिँदै आएका छन् ।

किसान शर्माले रु १३ लाख लगानी गरेर गोठ तयार गरेको जनाउँदै रु १३ लाख जति लगानी गरेर गाई तथा भैँसी खरिद गरेको बताउनुभयो । उक्त लगानी सङ्कलन भइसकेको उहाँको भनाइ छ । उहाँले गाईभैँसीको मल पनि बिक्री गर्दै आउनुभएको छ । प्रत्येक टिपरको रु ३० हजारका दरले मल बिक्री हुने उहाँले बताउनुभयो ।

व्यवसाय गर्ने किसानलाई पशुको निःशुल्क बिमा गर्ने, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने तथा पशु एआई गर्दा सरकारले वास्तविक कृषकलाई दिनुपर्नेमा शर्माले जोड दिनुभयो । उहाँले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय गर्नुभएको हो ।
रासस