३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’ अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले दुई चरणमा टिकट बाँड्ने, भोलि सबै टुंग्याउने



अ+ अ-

काठमाडौँ । यही २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले दुई चरणमा टिकट बाँड्ने भएको छ ।

जस अनुसार पार्टीले आइतबार पहिलो चरणको टिकटको घोषणा गर्नेछ । त्यसैगरी भोलि सोमबार दोस्रो चरणको टिकट वितरण गर्ने गरी तयारी गरिरहेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

यस प्रयोजनका लागि कांग्रेसले शनिबार मात्र संसदीय बोर्ड गठन गरेको थियो । सो पार्टीको गगन थापाको सभापतित्वमा नवगठित केन्द्रीय समितिका केही पदाधिकारीहरूलाई राखेर बोर्ड गठन गरिएको हो ।

शनिबारबाटै काम गरिरहेको उक्त बोर्डले आइतबार हिमाली र पहाडी जिल्लाका सदस्यहरुका लागि टिकटको घोषणा गर्ने जनाएको छ । त्यसैगरी भोलि सोमबार बाँकी तराई क्षेत्रका जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि टिकट वितरण र सार्वजनिक गरिने छ ।

यसैबीच कांग्रेसले अघिल्ला निर्वाचनहरूमा जस्तो कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गरेर चुनावमा नजाने भएको निर्णय पनि गरेको छ ।