२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक रास्वपा केन्द्रीय कार्यालय पुगे बालेन– तस्बिरहरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गरेका छन् ।

भर्खरै उनी बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेका हुन् । कार्यकर्ताहरुले उनको भव्य स्वागत गरे । उनीसँगै जेनजी अगुवा तथा हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङ पनि सहभागी छन् ।

गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए । उनलाई दोस्रो वरीयतामा रहनेगरी पार्टीको वरिष्ठ नेता तोकिएको थियो ।

तर, काठमाडौं महानगरप्रमुखको जिम्मवारीमा रहेका कारण बालेन पार्टीका गतिविधिहरुमा सहभागी भएका थिएनन् । उनको औपचारिक पार्टी प्रवेश पनि भएको थिएन ।

आज बालेन पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठकमा भाग लिने छन् । आज केन्द्रीय समिति बैठक पनि बस्दैछ ।

यस्तै, आजै साँझ ५ बजे रास्वपा सभापति रवि लामिछाने र बालेनसहितको टोली चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । उनी झापा ५ बाट उम्मेदवार बन्दैछन् ।