३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’ अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन



अ+ अ-

काठमाडौँ ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताउनुभएको छ ।

सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय लिइ नसकेको जानकारी दिनुभयो । केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यसलाई मन्त्री खरेलले भने हालसम्म कुनै निर्णय नलिइसकेको भन्दै अस्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन । अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला ।’

मन्त्री खरेलले यसबारे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने पनि स्पष्ट पार्नुभयो ।