२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेद्वारी दर्ताका लागि ओली झापा आउँदै, सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी पनि लिने



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा आउँदै हुनुहुन्छ ।

झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०.२५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।

यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले बताउनुभयो । क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ ।

क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले जेन जी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ ।