२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, ललितपुर–२ बाट निर्वाचन लड्ने घोषणा



अ+ अ-

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।

सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराउनुभयो ।

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो । उहाँले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशिला तयार पारेको दाबी पनि गर्नुभयो ।

उहाँले आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उहाँको जिकिर छ ।

उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताउनुभयो । उहाँले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जति आधारशीला बनाएर गएका छौँ, यो आधारशीलामा आउने सरकारले काम गर्यो भने मुलुकको विकास सम्भव छ । थिति र विधि हामीले बनायौं तर हामी त्यसअनुरुप नचलेकै कारण देश बनेन । यो चार महिनाको अवधीमा देश यसरी बन्छ भन्ने अवस्थामा त छैन । जति पनि हामीले यो बीचमा काम गर्यौं । सबैभन्दा ठुलो रोग भनेको भ्रष्टाचार रहेछ । यसलाई अन्त्य गर्नुपर्ने छ । यो कुर्सीमा बस्ने हरेक मान्छेले जनताको लागि मात्र सोचोस् ।’
खरेल गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो । –न्युज एजेन्सी नेपाल