२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा घट्दो जन्मदरको चुनौती



A man carries a toddler along a street in Beijing, Monday, Jan. 19, 2026. (AP Photo/Andy Wong)
अ+ अ-

एजेन्सी । प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति प्रदर्शन गर्ने प्रमुख आधार मानिँदै आएको छ । तर यति ठूलो जनसङ्ख्याको व्यवस्थापन सधैँ चिन्ताको विषय रहँदै आएको छ । “चीनको जनसङ्ख्या ६० करोड छ र यो तथ्य हामीले कहिल्यै बिर्सनु हुँदैन”, अध्यक्ष माओत्सेतुङले सन् १९५७ मा विनाशकारी अनिकाल सुरु हुनुअघि भन्नुभएको थियो ।

तर आज चीनको जनसङ्ख्या क्रमशः घट्दै गएको छ, र यही अवस्था नयाँ समस्याको रूपमा उभिएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चीनको जन्मदर सन् १९४९ मा जन गणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ । हाल चीनको कुल जनसङ्ख्या करिब एक अर्ब ४० करोड ४० लाख रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० लाख कम हो ।

विश्लेषकहरूका अनुसार, जनसङ्ख्या व्यवस्थापन चीनका लागि सहस्राब्दी लामो चुनौती रहँदै आएको छ । देशको शक्ति बढाउने र विशाल स्रोतमा निर्भर जनतालाई सन्तुलनमा राख्ने जिम्मेवारी केन्द्र सरकारका लागि अझै जटिल बनेको छ । नीति परिवर्तन, पुस्तागत सोचको फेरबदल र आधुनिक जीवनशैलीका कारण पर्याप्त युवा जनसङ्ख्या तयार नहुने चिन्ता अधिकारीहरूमा बढ्दो छ ।

सन् १९८० को दशकमा औपचारिक रूपमा लागू गरिएको एक सन्तान नीतिको प्रभाव आज पनि स्पष्ट देखिन्छ । बढ्दो जनसङ्ख्या नियन्त्रण गर्न लागू गरिएको उक्त नीतिले धेरै वर्षसम्म चिनियाँ दम्पतीहरूलाई एक मात्र सन्तानमा सीमित गर्‍यो । यसले तत्कालीन आर्थिक दबाब घटाए पनि दीर्घकालमा वृद्ध जनसङ्ख्या बढ्ने, लिङ्ग असन्तुलन सिर्जना हुने र सामाजिक समस्या थपिने जस्ता अनपेक्षित परिणाम निम्त्यायो ।

समयक्रममा चीन ‘धनी हुनुअघि नै बुढो हुँदै जाने’ अवस्थातर्फ उन्मुख भएको सरकारी सञ्चारमाध्यमहरूले समेत स्वीकार गरेका छन् । सन् २०१६ मा ब्रुकिङ्स इन्स्टिच्युसनले एक सन्तान नीतिलाई गलत सार्वजनिक नीतिको महँगो पाठका रूपमा व्याख्या गर्दै यसले सामाजिक र आर्थिक समस्यालाई अझ गहिरो बनाएको उल्लेख गरेको थियो ।

एक सन्तान नीति क्रमशः खारेज भएसँगै राष्ट्रपति सी जिनपिङले जनसङ्ख्यालाई पुनः राष्ट्रिय शक्तिसँग जोडेर व्याख्या गर्न थाल्नुभएको छ । उहाँले ‘एक खर्ब ४० करोड चिनियाँ जनताले बनाएको स्टिलको पर्खाल’ भन्ने अभिव्यक्ति प्रयोग गर्दै ठूलो जनसङ्ख्यालाई देशको सामथ्र्यको प्रतीकका रूपमा प्रस्तुत गर्नुभएको छ ।

भारतले सन् २०२३ मा जनसङ्ख्यामा चीनलाई उछिनेपछि यो विषय चीनका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको छ । यही कारण जन्मदर बढाउन चीनले विभिन्न प्रोत्साहनका उपायहरू अघि सारेको छ । बाल स्याहार केन्द्र, परिवार नियोजन सामग्री र विवाहसम्बन्धी सेवामा कर छुटदेखि लिएर बच्चा जन्माउने र हुर्काउने खर्च घटाउने नीति अपनाइँदैछ ।

आगामी पञ्चवर्षीय योजनामा विवाह र सन्तानप्रति सकारात्मक सोच प्रवर्द्धन गर्ने र प्रसूति सेवा झन्डै निःशुल्क बनाउने लक्ष्य समेटिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।