२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा राष्ट्रिय लिग फुटबल



अ+ अ-

काठमाडौँ, ६ माघः राजधानीमा जारी एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।

सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेले । म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले खेलको ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८८ औँ मिनेटमा  चित्लाङका लछुमान रानामगरले आत्मघाती गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो ।

यसैगरी आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।  रासस