२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन नागरिक सचेत र सक्षम छन् भन्ने पुन: पुष्टि भयो: प्रधानमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुन: पुष्टि गरेको बताउनु भएको छ ।

फागुन २१ गते हुने निर्वाचनको क्रममा आज उत्साह पूर्वक मनोनयन भएपछि साँझ एक सन्देश जारी गर्दे प्रधानमन्त्री कार्कीले यस्तो जनाउनु भएको हो ।

सन्देशमा उहाँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरुलाई पुन: स्मरण गराउनु भएको छ ।

सन्देशमा भनिएको छ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ।

निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरुलाई पुन: स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन। हाम्रा सबै सुरक्षा संयन्त्रहरु उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्।

१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुन: पुष्टि गरेको छ।

निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ। अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णत: अन्त्य भएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ।

निर्वाचन कार्यतालिकाबमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु।

साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।

अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गर्दछु।

धन्यवाद।
२०८२ माघ ६ गते