काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुनुका साथै आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।












