२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाड्गमैत्री पर्यटनमा नेपालको फड्कोः बहिरा समुदायका २५ जना बने ट्रेकिङ गाईड



अ+ अ-

काठमाडौँ । अन्नपूर्ण गाउँपालिका कास्कीका विश्वमित्र भित्रकोटीको श्रवण शक्ति छैन । स्नातक तहमा अध्ययनरत उनको रुची पर्यटनमा छ । उनी घुम्न रुचाउँछन् । आफू मात्रै होइन विदेशबाट आएका पर्यटकलाइ घुमाउने रहर पनि छ । केही वर्ष अघि उनले आफ्नै गाउँ घान्दु्रकमा अमेरिका र युरोपबाट आएका पर्यटकलाई गाईड गरे । तर आफू कान नसुन्ने भएकाले कान सुन्ने पर्यटकलाई गाईड गर्न सहज भएन । अर्कोतर्फ पर्यटक गाईडको अनुमतिपत्र पनि थिएन त्यसैले ‘कामलाई निरन्तरता दिन सकिन’ – उनी सम्झन्छन् । तर पर्यटक गाइड बन्ने रहर भने जीवितै थियो । अहिले उनले ३५ दिने पर्यटक गाईडको तालिम सकेर अनुमति पत्र प्राप्त गरेका छन् । उनको रहरलाई नेपाल पर्यटन बोर्ड, युएनडीपी, राष्ट्रिय बहिरा महासंघले सार्थक बनाइदिएको हो ।

नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो । तालिम बिनाको पर्यटक गाइड र तालिम पछिको अवस्था तुलना गर्दे उनी भन्छन् ‘धेरै कुरा सिक्ने मौका पाएको छु र मेरो क्षमता पनि वृद्धि भएको छ । आत्मविश्वास बढेको छ ।’

उनले भने – “मैले यो ट्रेकिङ गाइड सम्बन्धि पाँच छ वर्ष पहिला काम पनि गरेको हो,  तर नियमित बेसिसमा होइन कन्ट्याक्ट बेसिसमा अमेरिकाको, युरोपको कन्ट्याक्ट बेसिसमा । काम त पहिला पनि गरेको हो । तर मैले त्यति बेला लाइसेन्स चाहीँ प्राप्त गरेको थिइनँ । लाइसेन्स हुनुपर्छ भन्ने विषयमा मलाई त्यतिबेला ज्ञान पनि थिएन । अलिअलि आम्दानी गरेर जीवन चलाइरहेको थिएँ पहिला पनि । यो तालिमबाट लाइसेन्स हुनुपर्छ भन्ने विषयमा पनि सिक्न पाएँ । धेरै कुरा सिक्ने मौका पाएको छु र मेरो क्षमता पनि वृद्धि भएको छ । अब चाहिँ म थप काम गर्नसक्छु भन्ने आत्मविश्वास बढेको छ ।“
तालिममा ५ हजार उचाईसम्म हिमाली भेगको ट्रेकिङ गाइडको बारेमा सम्पूर्ण जानकारी पाएपछि अब उनलाई ८ हजार मिटर उचाई सम्मकै गाइड लाइनबारे पनि बुझ्न मन लागेको छ ।

काठमाडौं टेकुकी रविता देउला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । उनी सांकेतिक भाषा सिकाउने काम पनि गर्छिन् । नयाँ नयाँ कुरा सिक्न र जान्न मन पराउने उनले गत महिना ट्रेकिङ गाइड सम्बन्धि तालिम लिने अवसर पाइन् । तालिममा उनले उच्च हिमाली क्षेत्रमा आइपर्नसक्ने स्वास्थ्य समस्या र .प्राथमिक उपचारको बारेमा पनि सिक्ने अवसर पाइन् ।  उनी भन्छिन् ‘तालिम मेरो जीवनको लागि एउटा टर्निङ पोइन्ट बन्यो । प्राथमिक उपचार सम्बन्धि सिकाइ उनलाई खुब मन प¥यो । सांकेतिक भाषाकी दोभाषे उमा पौडेलमार्फत हामीसँग कुराकानी गर्दै उनले भनिन् – ‘म काठमाडौंमा जन्मिएको मान्छे , मेरा लागि हिमाल र पहाडको पर्यटनको विषय नयाँ हो, ट्रेकिङ गाइड सम्बन्धि तालिम मेरो लागि एउटा अवसर बन्यो ।’ 

उनले यसअघि पनि भूटान, फिलिपिन्स तथा अन्य देशबाट आएका बहिरा पर्यटकलाई काठमाडौंका पर्यटकीय स्थल घुमाउने गरेकी थिइन् । पर्यटक गाइड सम्बन्धि सम्पूर्ण सिप सिक्न पाएकाले तालिमले आत्मविश्वास बढाएको उनले सुनाइन् । रविताले भनिन् – “ट्रेकिङ जाने भन्दा अगाडि हामीले सिफारिस लिएर जानुपर्ने हुन्छ, हामीले रजिस्ट्रेशन गरेर पनि जानुपर्ने हुन्छ र हामी ग्रुपमा कतिजना जाँदैछौं, कसरी जाँदैछौं भनेर त्यो सबै सेक्युरिटीको कुरा पनि सिकाइएको थियो । पर्यटन क्षेत्रमा जानुअघि हामीले आफूले के–के सामग्रीहरू तयारी गरेर लैजानुपर्छ, त्यो नियमहरू सिकाइएको थियो । हामीले हिँड्ने बेलामा पदयात्रा गर्ने बेलामा अथवा माउन्टेनियरिङ गर्ने बेलामा हामी ग्रुपमा कसरी हिँड्नुपर्छ, कतिजना हिँडेका छौं, त्यसलाई पनि ध्यान दिनुप¥यो, सँगै ग्रुपमा हिँड्नुप¥यो र बीच–बीचमा ब्रेक गर्नुपर्छ । छिटो–छिटो जानेभन्दा पनि सबैजनालाई ध्यान दिएर जानुपर्छ भन्ने पनि सिकाइएको थियो । पहिलोपटक बहिराहरू ट्रेकिङ गाइडको ट्रेनिङ लिएका छन् भनेर विश्वलाई देखाउन पनि यो राम्रो उदाहरण बनेको छ । हामीले त्यो देखाउन पनि सक्छौं । यसले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रवद्र्धन गर्न र अगाडि बढाउन सहयोग गर्छ ।“

राष्ट्रिय बहिरा महासंघकाअनुसार नेपालमा बर्षेनी २ सय ५० भन्दा बढी सुन्न नसक्ने पर्यटन नेपाल गरेका छन् । हाल देशभरिबाट ३ जना बहिरा समुदायका व्यक्ति ट्रेकिङ गाइडको रुपमा कार्यरत रहेका छन् । कान सुन्नेले कान नसुन्ने व्यक्तिको लागि गाइड गर्ने विषय चुनौतीपूर्ण छ । महासंघका अध्यक्ष सन्तोष पौडेलले कान नसुन्ने पर्यटकका लागि बहिरा व्यक्ति नै गाइड भए सहज हुने निष्कर्ष सहित तालिम आयोजना गरिएको बताउनु भयो । तालिममा सातै प्रदेशका गरि २१ पुरुष र ४ जना महिलाको सहभागीता थियो । उनीहरुलाई ट्रेकिङ गाइड सम्बन्धि अनुमतिपत्र प्रदान गरिएको छ । अध्यक्ष पौडेलले तालिमले सहभागीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै पर्यटनलाई समावेशी र दिगो बनाउन पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमपछि बहिरा ट्रेकिङ गाइडको सख्या बढ्ने र अन्तराष्ट्रि«य समुदायमा पनि सकारात्मक सन्देश दिने अपेक्षा आफुहरुले राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बहिरा व्यक्तिको ट्रेकिङ गाइड कम्पनी स्थापना गर्ने, वेबसाइट बनाउने, आफ्नो सामाजिक सञ्जालमा प्रसारण गर्ने, विदेशीहरूले चाहीँ विभिन्न देशबाट आउने अपाङ्गता समुदायहरूले प्रत्यक्ष जोडिएर भविष्यमा नेपालमा घुम्न आउने पर्यटकहरूलाई गाइड गर्ने, प्राकृतिक, संस्कृति, धार्मिक, सामाजिक, हिमाल लगायत विभिन्न विषयमा देखाउने, चिनाउने र विश्वभरि प्रसार गर्ने काम गर्न पनि सघाउँछौ । यो तालिम सञ्चालन भयो, अब भविष्यमा बिस्तारै–बिस्तारै नेपाल सरकारको तीनवटै तहमा हामीले थप प्रचारप्रसार गरेर प्रत्यक्ष रूपमा एड्भोकेसी गर्ने र आफ्नो क्षेत्रबाट सहभागी गराएर अगाडि जाने समावेशी गराउने, जसले गर्दा दिगो पर्यटनलाई पनि सफल बनाउन र भविष्यमा सरकारलाई उत्तरदायी बनाउने तरिकाले थप योजनाहरू बनाएर काम गर्ने हामीले सोच बनाएका छौँ ।’
तथ्यांक विभागकाअनुसार देशभर १ लाख २ हजार बहिरा छन् । तर महासंघले भने बहिराको संख्या ४ लाख बढी रहेको दाबी गर्दछ । विश्वभर करिव ५० करोड बहिरा रहेको अनुमान गरिन्छ । दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्मराज दवाडीले नेपाल घुम्न आएका बहिरा पर्यटकले बहिरा व्यक्ति नै टे«किङ गाइड नहुँदा सञ्चारमा समस्या भएको गुनासो आएपछि आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो । तालिमले बहिरा व्यक्ति लाई पनि टे«किङ गाइडको रुपमा विकास गर्दे विश्वभर बहिरा पर्यटकलाई नेपाल भ्रमण सहज छ भन्ने सन्देश दिन खोजिको उल्लेख गर्नुभयो । यसले दिगो पर्यटनमा पनि सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘घुम्न जाने चाहना त सबैलाई हुन्छ । घुम्न नयाँ ठाउँ जाने, केही कुराहरू बुझ्ने, सिक्ने सबैलाई चाहना हुने हुँदा हामीले किन अलिकति फरक ढंगले नसोच्ने ? बहिराहरूलाई पनि हामीले त्यो खालको स्पेस क्रिएट ग¥यौँ भने भोली पर्यटनका माध्यमबाट उहाँहरूको रोजगारी उद्यमशीलता मात्र विकास होइन कि विश्वमा रहेका ५० करोड बहिराहरू मध्येबाट केही अंश मात्र हामीले नेपालमा ल्याउन सक्यौँ भने पनि सरकारको पर्यटन दशक लगायत नेपालमा वार्षिक पर्यटनको जुन ११–१२ लाखको जुन लक्ष्य राखिएको छ, त्यसलाई २–४ लाख भए पनि बहिरा समुदायबाट बढाउन सकिन्छ भन्ने उद्देश्यले हामीले उहाँहरूलाई तालिम दिएका हौँ । बहिरा व्यक्तिहरूलाई ट्रेकिङ गाइडको तालिम मात्र नभएर हस्तकलासँग जोडिएका तालिमहरू, बरिस्टाको तालिमहरू सञ्चालन गर्ने गरी उद्यमशीलतामा पनि हामीले जोडिरहेका छौँ ।’

३५ दिन सम्म ट्रेकिङ गाइड तालिम लिएका निरज आचार्यको आत्मविश्वास ह्वात्तै बढ्यो । सहभागीहरुलाई नुवाकोटको ककनीमा प्रयोगात्मक अभ्यासका गराईएको थियो । उनीहरुले ट्रेकिङ टे«ल व्यवस्थापन, आफू हिँड्ने तरिका, पर्यटक गाइड गर्ने तरिका, अनुसासन तथा मर्यादा लगायतमा अभ्यास गरेका थिए । यो अभ्यास आचार्यलाई निकै मन पर्यो ।

उहाँ भन्नुहुन्छ– ‘विभिन्न विषय सिकेपछि हामीलाई दुई दिन ट्रेकिङमा पनि लैजानुभएको थियो ककनी । त्यहाँ हामीलाई प्रयोगात्मक रुपमा कसरी हिँड्ने, कसरी जाने, हामीलाई जङ्गलहरू देखाउँदै विभिन्न बोटबिरुवाहरू देखाउँदै लैजानुभएको थियो । दुई दिन हामीले त्यहाँ प्रत्यक्ष अनुभव लिन पायौँ र त्यहाँ गएर क्याम्पिङ गरेर बस्नुपर्ने अवस्थामा हामीले टेन्ट कसरी बनाउने भनेर पनि सिकेका थियौँ, त्यो एकदमै मनप¥यो ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले विदेशी बहिरा पर्यटकलाई नेपालमा भित्र्याउन भाषा, पहुँच र सहयोग सम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्ति लाई नै पर्यटक गाईड बनाउन विशेष तालिमको व्यवस्था मिलाईएको बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई ट्रेकिङ गाइडको रूपमा सक्षम बनाउनु सामाजिक न्याय मात्र नभई आर्थिक सशक्तिकरणको ठोस आधार पनि रहेको बताउनु भयो । समावेशी र दिगो पर्यटन विकास नै आफूहरुको साझा प्रतिवद्धता रहेको उल्लेख गर्दै उहाँले यो नविनतम पहलले पर्यटन क्षेत्रमा आउन चाहेका बहिराहरुको आत्मविश्वास बढाई रोजगारीको अवसर श्रृजना भएको बताउनु भयो । उहाँले नेपाललाई अपाङ्गमैत्री पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उदेश्य साथ शुरु गरिएको यो प्रयासले समावेशी दिगो पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परियोजनाले अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्न बारिष्ठा, हस्तकलाका साथै अन्य विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएको छ । –न्युज एजेन्सी नेपाल

विशेष टिभि रिपोर्ट अपाङ्गमैत्री पर्यटनमा नेपालको फड्कोः बहिरा समुदायका २५ जना बने ट्रेकिङ गाईड 

नेपालको पर्यटन क्षेत्रलाई समावेशी र अपाङ्गमैत्री बनाउने दिशामा एउटा नयाँ इतिहास रचिएको छ । विश्वभर करिव ५० करोड र नेपालमा ४ लाखको हाराहारीमा रहेका बहिरा समुदायका लागि अब हिमाल र पहाडका गोरेटोहरू थप सहज हुने भएका छन् ।

नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालमै पहिलो पटक २५ जना बहिरा युवायुवतीलाई व्यावसायिक ट्रेकिङ गाइडको तालिम र अनुमति पत्र प्रदान गरिएको छ । वर्षौंदेखि अनुमति पत्र र भाषाको अभावमा पर्यटन क्षेत्रमा ओझेलमा परेका यी युवाहरू अब विदेशी पर्यटकलाई नेपाल चिनाउने आधिकारिक सारथि बनेका छन् । आखिर कसरी सार्थक भयो त उनीहरूको यो सपना र यसले नेपाली पर्यटनमा कस्तो प्रभाव पार्ला ? विशेष रिपोर्ट ।

कास्की, अन्नपूर्ण गाउँपालिकाका विश्वमित्र भित्रकोटीको पर्यटनमा रुची छ, तर संसार सुन्न सक्दैनन् । स्नातक पढ्दै गरेका उनले केही वर्षअघि अनुमति पत्र बिना नै पर्यटकलाई गाईड गरे । तर, कानुनी अनुमति नहुँदा उनको सपना बीचमै रोकियो ।

नेपालमा सरकारी गणनाअनुसार १ लाख २ हजार बहिरा छन्, तर महासंघको दाबीमा यो संख्या ४ लाख माथि छ । विश्वभर ५० करोड बहिरा रहेको अनुमान छ । वर्षेनी २ सय ५० भन्दा बढी बहिरा पर्यटक नेपाल घुम्न आउँछन । तर विडम्बना ! अहिलेसम्म देशैभर जम्मा ३ जना मात्र बहिरा ट्रेकिङ गाइड कार्यरत छन् । यही खाडल पुर्न नेपाल पर्यटन बोर्ड, युएनडीपी र राष्ट्रिय बहिरा महासंघले पहिलोपटक २५ जना बहिरा युवायुवती लाई तालिम दिएर अनुमति पत्र प्रदान गरेको छ । काठमाडौंकी रविता देउलाका लागि यो तालिम जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो । परियोजनाका प्रवन्धक दवाडीले यो पहल केवल रोजगारी मात्र नभई नेपाललाई ‘अपाङ्गमैत्री पर्यटन गन्तव्य’ बनाउने रणनीतिक योजना भएको बताउनु भयो ।
सातै प्रदेशका २१ पुरुष र ४ महिलाले ३५ दिनसम्म पर्यटक गाईडको तालिम लिएका छन् । ५ हजार मिटर उचाईको पदयात्रा, सुरक्षा, र स्वास्थ्य समस्याबारे गहन प्रशिक्षण लिएका छन् ।

अब बहिरा पर्यटकले भाषाको अभावमा प्राकृतिक सौन्दर्यको अनुभवबाट बञ्चित हुनुपर्ने छैन । २५ जना यी नयाँ गाइडहरूले नेपाली पर्यटनमा समावेशिताको नयाँ इतिहास रचेका छन् । अब नेपाल ‘अपाङ्गमैत्री पर्यटन गन्तव्य’ तर्फ उन्मुख हुँदै गएको छ ।




भर्खरै