२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : म्यान्चेस्टर सिटीसँग उल्भ्स पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटीले पुछारमा रहेको उल्भ्सलाई २ ० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै सिटीले लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी ४ मा झारेको छ । सिटीको २३ खेलबाट ४६ अंक भएको छ भने पहिलो स्थानमा रहेको आर्सनलको २२ खेबाट ५० अंक छ ।

सिटीका फर्वार्ड अर्लिङ हालान्ड बेगर मैदानमा उत्रेको सिटीका लागि ओमार मारमाउस र एन्टोन सेमेन्योले गोल गरेका थिए । सिटीको गृह मैदान एतिहादमा भएको यस खेलमा सिटीले बललाई ६७ प्रतिशत बढी आफ्नो नियन्त्रणमा राखेर उल्भ्समाथि निरन्तर दबाब दिएको थियो ।

यस हारपछि उल्भ्सले यस सिजन २३ खेलबाट ८ अंक मात्र जोडेर रेलिगेसन जोनमा फसेको छ । उता, वेस्टह्याम भने रेलिगेसनको खतराबाट बाहिर निस्कने गरी खेल प्रदर्शन जारी राखेको छ ।

यसैगरी, आजै भएका अन्य खेलहरुमा फूलह्यामले ब्राइटनलाई २१ र वेस्टह्यामले सन्डरल्यान्डलाई ३१ गोल अन्तरले हराएको थियो भने बर्नली र टोटनह्यामबीचको खेल ११ को बराबरी सकिएको थियो ।




भर्खरै