१५ असार २०८३, सोमबार
,
Latest
भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोडमा प्रभा माविको १६ कोठे भवन निर्माण



अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको करिब रु चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ । निर्माण कम्पनीले २०८० सालमा रु तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आवमा बाँकी रु एक करोड ८४ लाख विनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

निर्धारित समयमै भवन निर्माण सकिए पनि सरकारले बजेट निकासा नदिएकाले व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । हालसम्म रु दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आवमा विनियोजन भएको बजेट निकासाप्राप्त भएको छैन ।

प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताउनुभयो । रासस