२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन



अ+ अ-

नयाँ दिल्ली। ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण एशियाली निर्णायक क्षणहरू कभर गर्ने बीबीसी संवाददाता मार्क टुलीको ९० वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ ।

भारतमा बेलायती शासन रहेको समय सन् १९३५ मा जन्मेका मार्क टुलीले भारतलाई आफ्नो घर र आफ्नो कर्म क्षेत्र बनाएर देशको ‘सबैभन्दा प्रसिद्ध विदेशी संवाददाता’ बन्न सफल हुनुभएको थियो ।

बीबीसी न्यूजका अन्तरिम प्रमुख जोनाथन मुनरोले एक विज्ञप्तिमा भन्नुभएको छ, “सर मार्कले आफ्नो रिपोर्टिङको माध्यमबाट भारतको जीवन्तता र विविधतालाई बेलायत र विश्वभरका दर्शकहरूमाझ चिनाउनुभएको थियो ।

उहाँले सन् १९७१ को बङ्गलादेश मुक्ति युद्ध र सन् १९९२ मा उत्तर प्रदेशमा मुगल युगको बाबरी मस्जिद भत्काइएको समाचार सम्प्रेषण गर्नुभएको थियो ।

भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले एक वक्तव्यमा भन्नुभएको छ, “हाम्रो उपमहाद्वीपमा पुस्तौँदेखि उहाँको शान्त र स्पष्ट आवाज समाचारको पर्यायवाची थियो।”

“कोलकातामा जन्मेका टुलीले यस क्षेत्रको इतिहासका केही सबैभन्दा निर्णायक क्षणहरूको बारेमा रिपोर्ट गर्नुभएको थियो”, उहाँले थप्नुभयो, उहाँको मृत्युपछि टाइम्स अफ इन्डियाले उहाँलाई ‘भारतको इतिहासकार र एक प्रशंसित लेखक’ को रूपमा चित्रण गरेको छ।

टुलीले सेमिनरीमा सामेल हुनुअघि क्याम्ब्रिज विश्वविद्यालयमा धर्मशास्त्रको अध्ययन गर्नुभएको थियो ।

उहाँ सन् १९६५ मा भारत फर्किनुभएको थियो र नयाँ दिल्लीमा बीबीसीको कार्यालय प्रशासकको रूपमा सेवा सुरू गर्नुभएको थियो ।

लन्डनमा बीबीसीको हिन्दी र विश्व सेवामा केही समय काम गरेपछि उहाँ सन् १९७१ मा नयाँ दिल्लीमा सार्वजनिक प्रसारकको संवाददाता नियुक्त हुनुभएको थियो ।

सेवाको केही वर्षपछि टुलीलाई बीबीसीको ‘ब्यूरो प्रमुख’मा नियुक्त गरियो र उहाँले भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाको कभरेजलाई हेर्नुभएको थियो ।

उहाँले सन् १९९४ मा तत्कालीन महानिर्देशक जोन बर्टको आलोचना गर्दै निगममा भइरहेको ‘क्रान्ति’को निन्दा गरेपछि उहाँले बीबीसीबाट राजीनामा दिनुभएको थियो ।

टुलीलाई भारतको सर्वोच्च नागरिक सम्मानहरू पद्मश्री र पद्मभूषणबाट सम्मानित गरिएको थियो । उहाँभन्दा पहिले यी सम्मान विदेशीहरूलाई विरलै प्रदान गरिएको थियो।

बेलायतले उहाँलाई सन् २००२ मा प्रसारण र पत्रकारितामा उहाँको सेवाका लागि ‘विशेष दूत’ को उपाधि पनि प्रदान गरेको छ । टुलीले पछि यो मान्यता ‘भारतको सम्मान’ को रूपमा वर्णन गर्नुभयो । (रासस/एएफपी)




भर्खरै