१५ असार २०८३, सोमबार
,
Latest
महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता



अ+ अ-

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । जाल हान्ने क्रममा चिप्लिएर उनी भुमरीमा परी बेपत्ता भएका थिए ।

स्थानीयले खोजतलास गर्दा फेला पार्न नसकेको प्रहरीमा जानकारी प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय भीमादबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । रासस