२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता



representative photo
अ+ अ-

एजेन्सी । भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरु मध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।

जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उहाँका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्यसागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो ।

दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो ।