१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्छौँः अध्यक्ष अन्सारी



अ+ अ-

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरेको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले सो दाबी गर्नुभएको हो ।

गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने पार्टीको प्रम्ख एजेण्डा रहेको उहाँको भनाइ छ । रास्वपा परित्याग गरी पार्टी प्रवेश गर्नुभएका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूँजीवादी दलको संज्ञा दिनुभयो । उहाँले पैसा कमाउन उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने भएको कारण राष्ट्र निर्माण दलले मात्र मुलुकलाई निकाश दिनसक्ने दाबी पनि गर्नुभयो ।

अन्सारीले भन्नुभयो, ‘देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यले यो पार्टीको गठन भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै साक्षरता दरमा सुधार ल्याउन यो पार्टीको गठन भएको हो । सात वटै प्रदेशमा सस्तो सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हामीले यो पार्टी गठन गरिएको हो । जसरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेर भनिरहँदा आज जसरी युवा साथिहरु हाम्रो पार्टीमा आउनुभएको छ । यसले अवको मुलुकको निकाश दिने दल नै राष्ट्र निर्माण दल हो । रास्वपा पूँजीवादी दल हो । बालेनले ८ करोडको गाडी चढिरहेका छन् । प्रत्येक उम्मेदवारसँग ५० हजार रुपैयाँ मागिएको छ । यो पार्टी पैसा कमाउने पार्टी होइन । हामी देश र जनतालाई शिरमा राखेर काम गर्छौँ ।’

मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जन बढी नेता कार्यकर्ता राष्ट्र निर्माण दल प्रवेश गर्नुभयो ।