२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ८४ प्रतिशत नेकपाकै सदस्य, कांग्रेस भने जितविहीन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा १८ सदस्य निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एक्लैले १६ सिट जितेको छ । दुई सिटमा नेकपाकै गठबन्धन राष्ट्रिय जनता पार्टीले दुई सिट जित हात पारेको हो । सातमध्ये ६ प्रदेशमा नेकपाले क्लिन स्विप गरेको छ भने प्रदेश–२ मा राजपासँग २/२ सिट बाँडेको हो । निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने जितविहीन अवस्था पुगेको छ । निर्वाचनको परिणामअनुसार राष्ट्रिय सभामा नेकपा निक्कै शक्तिशाली पार्टी बनेको छ । यो जितसँगै फागुनबाट राष्ट्रिय सभामा नेकपा एक्लैको ५० सदस्य पुगेको छ ।

यो कुल सदस्यको ८४ प्रतिशत हो । राष्ट्रिय सभा सदस्यमा रहेका ५९ सदस्यमध्ये अब कांग्रेसको ६ सदस्य र राजपाका दुई सदस्य रहेका छन् । यसअघि पहिलो पटक भएको निर्वाचनमा तत्कालीन एमालेबाट २७, माओवादी केन्द्रबाट १२, नेपाली कांग्रेसबाट १३, तत्कालीन संघीय समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनता पार्टीबाट २ जना निर्वाचित भएका थिए । यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना मनोनित गरेकी थिइन् । नेकपाले प्रदेश–२ मा कडा चुनौती सामना गर्नुपरेपनि अन्य प्रदेशमा भने सहज जित निकालेको छ ।

प्रदेश–२ मा भने मतभार कम भएको थियो । नेकपा र राजपाबीच पहिलो पटक गठबन्धन भएकाले त्यो सकारात्मक बन्ने वा नभन्ने चासोका बीच दुवै दलका उम्मेदवार विजयी भएका हुन् । मतपरिणामअनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् । यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् ।

पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए । अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका थिए । यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पंजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभामा प्रवेश गरेका छन् । गण्डकी प्रदेशको अन्यबाट उम्मेदवार बनेका श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए । उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ । यसैगरी, महिलातर्फबाट भगवती न्यौपाने पनि विजयी भएकी छन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ । उनीहरूबीच मतान्तर एक हजार २६ छ ।

प्रदेश–१ मा पनि नेकपाले क्लिन स्विप गरेको छ । नेकपाका उम्मेदवारहरू गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । दलिततर्फबाट अच्छामीले ६ हजार ३ सय ३० मतभार पाउदा उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ मतभार ल्याए । महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

बागतमी प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् । डा।वेदुराम भुसाल र गंगाकुमारी बेलबासेले सहज जित निकालेका हुन् । प्रदेश–५ मा नेकपाले अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । उनीहरू निक्कै ठूलो मतभारका साथ विजयी भए । यसैगरी कर्णाली प्रदेशमा नेकपा उम्मेदवार सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका छन् ।

निर्वाचन अधिकृत डा। राजेन्द्र कुमार आचार्यका अनुसार विसीले ३ हजार ६८४ मत ल्याएकी छिन् । यस्तै शर्माले ३ हजार ६१८ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेशबाट पनि नेकपा शारदा भट्ट र तारमान स्वाँर विजयी बनेका छन् । महिलातर्फ भट्टले ३ हजार ७ सय ३८ मतभार पाउदा स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरे । कतिपय प्रदेशमा नेकपाको क्रस भोटिङसमेत भएको छ । कुनै एक उम्मेदवारले मत पाउँदा अर्का उम्मेदवारले मत नै पाएका छैनन् । सौर्य दैनिकबाट