२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता पालनामा सहमति



अ+ अ-

नेपालगञ्ज। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता पालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् ।

दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत हुनुभएको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालको अध्यक्षतामा भएको बैठकमा जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले निर्वाचनको नियमन तथा अनुगमन गर्ने बताउनुभयो ।

बाँकेको निर्वचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही अप्ठ्यारो अवस्थाका विषयमा जिज्ञासा आएको र त्यसलाई सम्बोधन गरिएको जानकारी दिँदै राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई भयरहित, मर्यादित बनाउन आचारसंहिता पालनमा जोड दिइएको उहाँको भनाइ छ । निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा आज निर्वाचन क्षेत्र नं २ ले सर्वदलीय बैठकको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

सो सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स्वतन्त्रतर्फका उम्मेदवारलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सर्वदलीय बैठक सपन्न भइसकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा कूल तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।

यसैबीच बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी छनोट भएका छन् । जनपथतर्फ दुई हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना छनोट भएको जिल्ला प्रहररी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन प्रहरीले सहयोग गर्ने छ । रासस




भर्खरै