२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात



अ+ अ-

पर्सा।  वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताउनुभयो । चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ ।

जबकी गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका ४३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी रु चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ ।

रू एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ । त्यसैगरी रू एक अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । रू एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।रासस