१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केयूमा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै



अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा यही माघ २२ र २३ गते तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय, नेपाल इन्टरनेसनल इभेन्ट्स म्यानेजमेन्ट प्रालि र त्रिभुवन विश्वविद्यालयको सहआयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन माघ २२ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुनेछ । उक्त प्रतियोगितामा नेपालका आठ विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, गण्डकी, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको सहभागिता रहने छ ।

केयूको विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा गोकुल केसीका अनुसार प्रतियोगितामा पाँच विधाका खेल समावेश गरिएको छ । भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथ्लेटिक्समा २७९ खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो ।

भलिबलमा पुरुष नौ, टेबलटेनिस सिङ्गल÷डबलमा महिला र पुरुष दुई÷दुई, ब्याडमिन्टन सिङ्गल÷डबल मा महिला र पुरुष दुई÷दुई, बास्केटबल महिला र पुरुषमा चार÷चार तथा एथ्लेटिक्समा महिला र पुरुष तीन÷तीन जना सहभागी हुनेछन् ।

यसैगरी एउटा विश्वविद्यालयबाट खेलाडी ३१, प्रशिक्षक पाँच र व्यवस्थापक एक गरी ३७ जनाको सहभागिता रहने केसीले जानकारी दिनुभयो । प्रतियोगितामा खेलाडी २७९, प्रशिक्षक ४५ र व्यवस्थापक जनाको सहभागिता रहने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धुलिखेलमा बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । केयूले शैक्षिक क्षेत्रमा गरिरहेको नवीनतम कार्यको अवलोकन गराउने उद्देश्यले यहाँ कार्यक्रम आयोजना गरिएको केयू प्रशासनले जनाएको छ ।

प्रतियोगितामा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ । प्रत्येक खेलमा प्रतिखेलाडी विजेताले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न क्षेत्रका ५०० भन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ ।