२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण



अ+ अ-

काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन् ।

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारेकमा आएर आत्मसमर्पण गरेका हुन् ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा १२ आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख छ । उनीहरुसमक्ष आत्मसमर्पण बाहेक अर्को कुनै विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बालसैन्य समेत गरी ७०० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।