मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका उच्च आर्थिक दूत किरिल दिमित्रीभले शनिबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभएको छ।
“वार्ता बिहान ८ बजे सुरु भएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतले एएफपीलाई बतायो ।
दिमित्रिभले यसअघि सामाजिक सञ्जालमा आफू “पुनः मियामीमा फर्किएको’ बताउनुभएको छ।
उक्त बैठकमा सहभागी अमेरिकी अधिकारीको नाम भने सार्वजनिक भइसकेको छैन ।
युक्रेनी र रुसी वार्ताकारबीच अबुधाबीमा करिब चार वर्षे युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी समर्थित योजनाबारे छलफल गर्न बैठक बस्नुभन्दा एक दिनअघि यो बैठक भएको हो । यसको अर्थ यो बैठक अबुधाबी बैठकको लागि दुई देशका नेताहरूबीच भएको पूर्वतयारी थियो ।
अमेरिकाले दुवै पक्ष सम्झौताको नजिक रहेको बताएको छ, तर अहिलेसम्म उनीहरूले युद्धपछिको समाधानमा युक्रेनको पूर्वी क्षेत्रको मुख्य मुद्दामा सहमति गर्न सकेका छैनन्। (रासस/एएफपी)











