२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनल र उत्कृष्ट ४ का लागि संघर्षरत लिभरपुल विजयी भएका छन् ।

आर्सनलले लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले हराएको थियो । लिड्सको गृहमैदान इलान रोड्समा भएको खेलमा लिड्सले निकै राम्रो खेल प्रस्तुत गरेपनि गोल गर्न सकेन ।

आर्सनलका लागि मार्टिन जुबेमेन्डी, कार्ल डार्लो (आत्मघाती गोल), भिक्टर ग्योकेरेस र ग्याब्रिएल जेसुसले गोल गरेका थिए । यो जितसँगै आर्सनलले २४ खेलबाट ५३ अंक बनाएको छ । आर्सनल अब दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा ७ अंकले अगाडि छ ।

लिड्स भने यो हारसँगै २६ अंकका साथ सोह्रौं स्थानमा छ ।

उता, लिभरपुलले न्यूक्यासललाई ४–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको गृहमैदान एन्फील्डमा भएको खेलमा गोलको खाता भने न्यूक्यासलका एन्थोनी गोर्डनले ३६औं मिनेटमा खोलेका थिए ।

तर त्यसपछि लिभरपुलले लगातार आक्रामक शैली अपनाएर दबाब बनाएको थियो । यहीक्रममा ह्युगो एकिटिकेले ४१ र ४३ मिनेटमा लगातार दुई गोल गरे । फ्लोरिएन विर्जले ६७ तथा इब्राहिम कोनाटेले ९३औं मिनेटमा गोल गरेर टिमलाई सहज जित दिलाए ।

यो जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक सहित लिगको पाँचौं स्थानमा छ । विगत पाँच खेलमा लिभरपुलले तीन बराबरी, एक हार र एक जित निकालेर उतारचढावपूर्ण खेल प्रस्तुत गरेको छ ।




भर्खरै