२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरु भन्छन्ः ‘सदाचार नीति तत्काल लागू गरौँ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सदाचार नीति नहुँदा देशमा भ्रष्टाचार र कुशासन गहिरिँदै गएको बताएका छन् ।

सभाको सोमवारको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी संसदीय समितिको अध्ययन प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

सदाचार नीति तत्काल लागू गर्नुपर्नेमा उनीहरुको जोड छ । नेपाली काँग्रेसकी सांसद विष्णुकमारी सापकोटाले राष्ट्रिय सदाचार नीति, २०८२ को मस्यौदाको पृष्ठभूमिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेटिएको जानकारी दिँदै नेपालमा नीति कार्यान्वयन नहुँदा भ्रष्टाचार बढेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्र महासंघले सन् २००५ मै सदस्य राष्ट्रहरूलाई आठ बुँदासहित सदाचार नीति लागू गर्न निर्देशन दिएको भएपनि नेपालमा २० वर्षसम्म पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दल र कर्मचारी सबैले सदाचारिता देखाए मुलुक विकास र समृद्धिको यात्रामा लम्किने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सदाचार नीति, २०८२ को मस्यौदाको पृष्ठभूमिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय दिन खोजिएको छ । यसैगरी विगतमा सदाचार नीति लागु गर्ने प्रयासहरुको बारेमा समेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सदाचार  नीति नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको छ । सन् २००५ मा संयुक्त राष्ट्र महासंघले महासभाबाट पक्षराष्ट्रहरुलाई आठ वटा बुँदासहित सदाचार नीति लागु गर्न निर्देशन गरेको रहेछ । तर नेपालमा सदाचार नीति लागु नहुँदा भ्रष्टाचार र कुशासन मौलाएको छ ।’

नेकपा (एमाले) की सांसद तुलसाकुमारी दाहालले नेपाली समाजमा आपसी विश्वास कमजोर हुँदै गएको र नैतिक मूल्य मान्यताहरू संकटमा परेको बताउनु भयो । उहाँले संघ र केन्द्रमा सीमित भ्रष्टाचार अहिले प्रदेश र स्थानीय तहसम्म फैलिएको भन्दै सुशासन र कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजमा एकअर्काप्रति विश्वास हराउँदै गएको छ । नैतिकता, मानवता, असल संस्कार र हाम्रा मौलिक परम्पराहरु चुनौतीपूर्ण समस्याग्रस्त हुँदै गएका छन् । गलत प्रतिष्पर्धा, अमानवीय व्यवहार मौलाएको छ । मुलुकमा सुशासन र कानूनको सही कार्यान्वयन हुन सकेको छैन । निष्ठा, आत्मसम्मान जस्ता विषयहरु ओझेल परिरहेका छन् । भ्रष्टाचार झाँगिदै गएको छ । हिजो संघ र केन्द्रमा रहेको भ्रष्टाचार आज फैलिएर  प्रदेश र स्थानीय तहसम्म नै पुगेको छ । यसको अन्त्य गर्न सदाचार नीति आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद डा वेदुराम भुसालले सदाचार नीति लागू नहुँदा मुलुकले अविश्वास र अमानवीयताको खडेरीमा परेको बताउनु भयो । उहाँले आम नागरिकलाई खुसि र समृद्ध बनाउन सबै क्षेत्र, तह र वर्गमा सदाचारिताको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न सदाचार नीति अपरिहार्य आवश्यकता रहेको बताउनु भयो ।




भर्खरै