काठमाडौँ। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा जारी वार्म अप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको हो ।
युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन बनाएका थिए। त्यस्तै आर्यांश शर्माले २५ रन बनाएका थिए भने मुहमद जोहैबले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।












