२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा सन् २०२६ सम्म मुद्रास्फीति ४ प्रतिशतभन्दा माथि पुग्ने अनुमान



अ+ अ-

सिड्नी। बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णय गर्दै नगद ब्याजदर ३ दशमलव ६० प्रतिशतबाट बढाएर ३ दशमलव ८५ प्रतिशत पुर्‍याएको जनाएको छ । यो निर्णय सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो । यसअघि सन् २०२५ मा बैंकले तीन पटक गरी कुल शून्य दशमलव २५ प्रतिशतले ब्याजदर घटाएको थियो ।

केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिका अनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि उल्लेख्य रूपमा घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा फेरि तीव्र रूपमा बढेको हो ।

अष्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको बाह्र महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा बढी हो । केन्द्रीय बैंकले मुख्य सूचकका रूपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३ दशमलव ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३ दशमलव २ प्रतिशत थियो ।

मौद्रिक नीति समितिले मुद्रास्फीति अझै केही समय २ देखि ३ प्रतिशतको लक्ष्य दायराभन्दा माथि रहने सम्भावना रहेको जनाएको छ । समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा छिटो बढिरहेको छ, उत्पादन क्षमतामा दबाब बढेको छ र श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ ।

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । (रासस/सिन्ह्वा)