२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो ।

यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा आज टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो ।

यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

सूचना अधिकारी कार्कीले उनलाई पनि आजै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको बताउनुभयो । पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

आजै जोशीलाई फैसला कार्यान्वयनकाल लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको पनि उहाँले बताउनुभयो । रासस