१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित



अ+ अ-

गोरखा। हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ ।

सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला’मा मितेरी साइने लगाउने परम्परालाई निरन्तरता दिइएको थियो । सो अवसरमा २० जोडीले मित लगाएका थिए ।

मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन् । उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताउनुभयो । “दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिन्छन् ।

अनि दुवैजनाले परस्पर बाहाँ जोडेर टीका लगाने, पैसा साँटासाँट गर्छन्”, खत्रीले भन्नुभयो, “चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ ।” मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्ने चलन रहेको उहाँको भनाइ छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो । मेलाको अवसरमा मित लगाउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताउनुभएको छ ।

मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सवलगायत विभिन्न कार्यक्रमहरू भएका थिए । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहको थियो ।

दश हजार बढीले मेला अवलोकन गरेको आयोजकको भनाइ छ । आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ । रासस