२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह



अ+ अ-

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह गरेको छ ।

सूचनामा जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट, झोला वा स्टिकर प्रयोग गर्न नपाइने, सार्वजनिकस्थल, निजी घरजग्गा, सडकको भित्ता, पोल वा सार्वजनिक भवनमा दलको झण्डा र चुनाव चिह्न टाँस्न वा राख्न निषेध गरिएको जनाइएको छ ।

सूचनाअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेको मापदण्डअनुसार सीमित सङ्ख्यामा सवारीसाधन चलाउन पाइने र विदेशी नम्बर प्लेटका सवारी प्रयोग गर्न पाइने छैन । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भएमा उम्मेदवारी रद्द हुनेसम्मको सजायको व्यवस्था रहेकाले आचारसंहिता उल्लङ्घन नगर्न र कतै उल्लङ्घन भएको देखिएमा अनुगमन अधिकृतलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अनुरोध पनि गरेको छ । रासस