१४ असार २०८३, आईतवार
,
Latest
रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा



काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगइ जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पुर्‍याएको अभियोगमा चेकिङ्गका क्रममा नियन्त्रणमा लिएर बग्गीखानामा राखेका १५ वटा लामो रुटका रात्रिकालीन सेवाका बस । तस्बिरः विमलबहादुर विष्ट/रासस
अ+ अ-

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिइएको छ ।

आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा ती बस नियन्त्रणमा लिइएको हो ।

लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगइ बाटोमै पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका बसधनीलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । रासस