१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादन सुधार्न टेलिकमलाई निर्देशन



अ+ अ-

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको हिसाबले काम गर्दा स्थायित्व नहुने भन्दै धेरै भन्दा धेरै राजश्व संकलन गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार अहिले टेलिकमले उठाइरहेको राजस्व खर्चको तुलनामा निकै कमजोर छ । त्यसलाई सुधारेर लैजानुपर्छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो– ‘दीर्घकालिन योजना बनाएर टेलिकमले काम गर्न जरुरी छ । अहिले जसरी कामहरु भएको छ यसले लामोसमय दीगो हुन सक्दैन । अहिले ब्यान्डविथसहित धेरै क्षेत्रमा ठूलो खर्च भइरहेको देखियो । यो घटाउन सकिन्छ । रेभिन्यु कमाउन सक्दैनौँ भने अब टेलिकमले खर्च कम गर्नुपर्छ । खर्च कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा प्राधिकरणले सल्लाह दिनुपर्छ भने दिन तयार छौँ ।’

उहाँले दूरसञ्चार प्राधिकरण ऐन ल्याउनका लागि सञ्चार मन्त्रालयलाई आग्रह गरिएको बताउँदै छिट्टै नयाँ सांसद्बाट जारी हुनसक्ने बताउनु भयो । भण्डारीले नेपाल टेलिकमलाई फाइभजी परिक्षण गर्न सहुलियत दिएको र परिक्षणपछि थप काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाउनु भयो ।