१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ ।

स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । तीनै जनाले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हँुदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताउनुभयो । रासस