काठमाडौं । चितवन-२ का दुई उम्मेद्वार रवि लामिछाने र मिना खरेल एक-आपसमा शुभकामना दिएका छन् ।
लामिछाने रास्वपा बाट र खरेल नेपाली काँग्रेस बाट उम्मेदवार बन्नु भएको छ ।
निर्वाचनको प्रचार प्रसारका क्रममा उहाँहरु बिच भेट भएको थियो । भेटमा दुबै उम्मेदवारले स्वच्छ प्रतिस्प्रर्धा गर्ने प्रतिबद्धता जनाउदै एक अर्कालाई शुभकामना दिएका थिए ।












