१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न कामपाको निर्देशन



अ+ अ-

काठमाडौँ। काठमाठौँ महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।

आज कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिनुभएको हो । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डङ्गोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित रु ७४ करोड ४७ लाख ३९ हजार ४४३ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग रु ४२ करोड ९० लाख १४ हजार ३१० मा सम्झौता भयो । बोलपत्रदातालाई मङ्सिर १५ गते कार्यादेश दिइएको हो । निर्माणकार्य २०८४ मङ्सिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यस्तै, कमलपोखरीको अनुगमनमा क्रममा उहाँले, सूचना प्रविधि विभागलाई सिसीटिभी क्यामेरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनालाई बिरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा सङ्घसंस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताउनुभयो ।

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम रु तीन करोड ५८ लाख ८७ हजार ५२ हो । यसको लागत अनुमान रु चार करोड छ लाख ८१ हजार ८० गरिएको थियो । यो रकम भ्याट र पिएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मङ्सिर १५ गते कार्य सम्पन्न हुनुपर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको बताइएको छ ।

दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर ‘ट्याक्टिकल अर्वनिजम’ अन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदलयात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, बिरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।

कमल पोखरीको वरिपरि पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् । रासस