३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्न पार्टी एकता अनिवार्य, ललितपुरमा २०७० को लहर दोहोरिन्छः प्रेमकृष्ण महर्जन



अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसका नेता एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल भएको बताउनुभएको छ ।

ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महर्जनले अन्य कुराहरूलाई थाँती राखेर सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभएको हो । उहँँले पार्टीभित्र बलियो एकता कायम हुनसके काँग्रेसले विगतको जस्तै शानदार सफलता हासिल गर्ने दाबी गर्नुभयो ।

उहाँले पार्टीका नेताहरु र महामन्त्री गगन थापाबीच भइरहेको संवादले देशभर सकारात्मक सन्देश प्रवाह गरेको र यसले कार्यकर्तामा उत्साह थपेको उल्लेख गर्नुभयो ।

कार्यकर्ताहरूलाई चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिँदै उहाँले माहोल आउँदैमा निर्वाचन नजितिने बताउनु भयो । हरेक वडा र इकाइका साथीहरू घर–घर पुग्नुपर्ने र प्रत्येक मतदातालाई भेट्नुपर्ने बताउनु भयो ।

मतदाताको मन जित्नसके ललितपुरका १, २ र ३ नम्बर क्षेत्रमा काँग्रेसको जित सुनिश्चित रहेको बताउनु भयो । आफ्नो उम्मेदवारी र विकासका योजनाबारे चर्चा गर्दै महर्जनले ललितपुर महानगरपालिकाका मेयर र प्रदेश माननीयहरूले गरेका काम नै आफ्नो जितको मुख्य आधार भएको बताउन भयो ।

महर्जनले भन्नुभयो, ‘२०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गर्दा होस् वा २०५६ सालमा किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदा, एकताकै कारण हामी सफल भएका थियौँ । २०७० सालमा पनि पार्टी एकढिक्का हुँदा हामीले बहुमत हासिल ग¥यौँ । अहिले फेरि देशभर र विशेषगरी ललितपुरमा २०७० सालकै जस्तो लहर आएको छ ।’

आफूलाई पार्टीको एउटा इमानदार ‘सिपाही’ को रूपमा चित्रण गर्दै महर्जनले वरिष्ठ नेताहरूको सद्भाव र कार्यकर्ताको भरोसामा आफू अगाडि बढेको बताउनु भयो । उहाँले भोलि जिम्मेवारी पाउँदा मतदाता र कार्यकर्ताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल