२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपालाई सभामुख र उपसभामुख चयन गर्न कांग्रेसको आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताउनुभयो । सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार कांग्रेसले पनि दुई मध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उहाँले बताउनुभयो । पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफल पछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रतिध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताउनुभयो ।