२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतको फोटोमा जुत्ता हान्ने ४ जना पक्राउ



अ+ अ-

जनकपुर । उपभोक्ता समितिमार्फत गराएको कामको रकम भुक्तानी नदिएको भन्दै आन्दोलनरत संघर्ष समितिले प्रदेश–२ का मुख्यमन्त्रीको फोटोमा जुत्ता प्रहार गरेको छ । आन्दोलनरत उपभोक्ता संघर्ष समितिले जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गरेका हुन्।

प्रदेश–२ का मुख्यमन्त्री मो. लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो सार्वजनिक स्थानमा झुण्डयाएर जुत्ता हानेका हुन् ।

प्रदेश सरकारका विभिन्न मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि चार जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तर रुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् । यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दीस मेत गरेका थिए ।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारले रुलिङ समेत गरेका थिए । तर मुख्यमन्त्रीले हालसम्म जवाफ दिन नसकेपछि अनिश्चितकालिन संसद अवरुद्ध छ ।