२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो



अ+ अ-

दशरथचन्द । बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो ।

सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हातहतियार फिर्ता गरिएको छैन । निर्वाचन सुरक्षालाई अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचनामार्फत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिनुभयो ।

यसअघि तोकिएको मितिसम्म इजाजत प्राप्त हातहतियार नबुझाएपछि माघ मसान्तसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो । “बैतडीमा हातहतियारका लागि एक हजार ८६ इजाजत वितरण गरिएको छ”, सूचना अधिकारी थापाले भन्नुभयो, “तिमध्ये चालु आर्थिक वर्षमा ४५२ ले मात्रै इजाजत नवीकरण गराएका छन् ।” रासस