२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः इङ्ल्यान्डलाई जित्न नेपालले १८५ रन बनाउनुपर्ने



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत इङ्ल्यान्डले नेपाललाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर पहिला व्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो ।

इङ्ल्यान्डको लागि ह्यारी ब्रुक र ज्याकब बेथलले अर्धशतकीय ईनिङ खेले । ज्याकबले ३५ बलमा चार चौका र चार छक्का सहित ५५ रन बनाउँदा ब्रुकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । यस्तै, जस बटलरले २६ रन बनाउदा विल ज्याक्स ३९ रनमा नट आउट रहे ।

नेपालको लागि दिपेँद्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । यस्तै, सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।