२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती



अ+ अ-

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचाँै जितको खोजीमा हुनुहुन्छ भने उहाँसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थी प्रत्याशी हुनुहुन्छ ।

पुराना उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि विगतमा गरेका गतिविधिलाई मतदाताले समीक्षा गरेका छन् भने नयाँ उम्मेदवारहरुको योगदान पनि सामाजिक सुधार एवं विकासप्रति निरन्तर सक्रिय रहेकाले मतदाताले कसलाई रोज्छन् भन्न कठिन छ ।