२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घद्वारा दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा, सैन्य कारबाही रोक्न आह्वान



अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा गर्दै सबै पक्षलाई तत्काल सैन्य कारबाही रोकी वार्ताका माध्यमबाट तनाव कम गर्न आह्वान गर्नु भएको छ ।

महासचिवका लागि उप प्रवक्ता फरहान हकले विज्ञप्ति मार्फत “महासचिवले दक्षिण सुडानमा बढ्दो हिंसाले चरम सङ्कटका कारण दुई तिहाइ भन्दा बढी जनसंख्यालाई–जीवन बचाउने मानवीय सहायताको आवाश्यकता रहेको उल्लेख गर्नु भएको छ ।

विज्ञप्तिमा निरन्तर आक्रमण, मानवीय र स्वास्थ्य सुविधाको अभाव लुटपाट–प्रमुख आपूर्ति मार्गहरूमा आवागमन प्रतिबन्ध र असुरक्षाको साथै –मानवीय सहयोग र आवश्यक सेवाहरू बन्द भएकाले नागरिकहरूलाई गम्भीर जोखिममा पारेको जनाइएको छ ।

विज्ञप्तिले डिसेम्बरको अन्त्य देखि जोङ्लेई राज्यमा कम्तीमा ११ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण भएको उल्लेख गर्दै जीवन बचाउने सेवाहरूमा बाधा पुगेको उल्लेख गरेको छ ।

यसले कसरी आक्रमणहरूमा एम्बुलेन्ससहित १२ वटा गाडीहरू जफत गरिएको पनि उल्लेख गरेको छ ।

“गत हप्तामा मात्रै, देशभरि भएका घटनाहरूमा विश्व खाद्य कार्यक्रमको कार्यलयमा बारम्बार आक्रमण, मेडिसिन्स सान्स फ्रन्टियर्सद्वारा सञ्चालित अस्पतालमा हवाई आक्रमण, सेभ द चिल्ड्रेन फिल्ड अफिस जल्नुको साथै स्वास्थ्य केन्द्रको विनाश भएको जनाइएको छ ।

विज्ञप्तिले चिकित्सा र मानवीयता विरोधि कार्यहरूको निन्दा गर्दै यस लाई छिटै रोक्नुपर्ने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखका अनुसार यस वर्ष मात्रै देश भर लडाइँका कारण तीन लाख ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

“महासचिवले सैन्य अपरेसनहरू रोक्न, संवाद मार्फत तनाव कम गर्न, अन्तर्राष्ट्रिय कानूनलाई आत्मासाथ गरी नागरिकहरूको सुरक्षा र दिगो मानवीय पहुँच सुनिश्चित गर्न सहयोगी तथा राष्ट्रसङ्घका शान्ति रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नु भएको छ । रास/एजेन्सी)